केशरमहलमा कारको ठक्करबाट पैदलयात्रुको मृत्यु, दुई ट्राफिक प्रहरी घाइते

१६ मंसिर, काठमाडौं । केशरमहलमा कारकाे ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ भने ड्युटीमा रहेको दुई ट्राफिक प्रहरी घाइते भएका छन् । मृतक अन्दाजी ३० वर्षका पुरुष रहेको प्रहरीले जनाएको छ । उनको पहिचान खुलेको छैन ।

घाइते हुनेमा ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा कार्यरत ट्राफिक हवल्दार पशुराम ठाकुर र कार चालक काठमाडौं महानगरपालिका–१६ बस्ने ६६ वर्षीय सुरेश राज कालिका छन् ।केशरमहल चोकमा दक्षिण गेटतफृबाट केशरमहलतर्फ जाँदै गरेको बा. प्र.०१–०३० च २३४८ नम्बरको नेटा इभी कार अनियन्त्रित भएर दुर्घटना भएको थियो । ट्राफिक र पैदलयात्रीलाई ठक्कर दिएर उक्त कार ड्रिम गार्डेनको पर्खालमा ठोक्किएको थियो ।

घाइतेमध्ये ट्राफिकको दुवै खुट्टा र छातीमा चोट लागेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here