काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत काठमान्डु गोर्खाज प्लेअफमा पुगेको छ। पोखरा एभेन्जर्समाथि १३ को जितसँगै काठमान्डु १० अंकसहित प्लेअफमा पुगेको छ।
काठमान्डुलाई प्लेअफमा पुर्याउने क्रममा स्पिनर शाहब आलमले अन्तिम ओभरमा ह्याट्रिकसहित ४ विकेट लिएका थिए । जारी सिजनको एकै खेलमा ६ विकेट लिने शाहब पहिलो बलर बन्न पुगे।
अन्तिम खेलअघि ४ अंक जोडेको पोखरा लिग चरणबाटै बाहिरिने अवस्थामा छ।
काठमान्डुले दिएको १६६ रनको लक्ष्य पछ्याएको पोखरा १५२ रनमा अलआउट भएको हाे।



























