किन बन्द भयो कुमारी हल ? यस्तो छ कारण

काठमाडौं, १८ असोज । काठमाण्डौको कमलपोखरीमा रहेको कुमारी हल आजबाट बन्द भएको छ ।

सञ्चालक समितीका अनुसार कुमारी हल करिब एक महिनाका लागि बन्द भएको हो ।

क्यूएफएक्स चेन भएको कुमारी हल नेपाली भाषाका चलचित्रहरुको प्रिमियरका लागि राम्रो मानिन्छ । यहाँ दर्शकहरुको पनि भिड नै देखिन्छ ।

यसकारण बन्द भयो हल

कुमारी हल मर्मतका लागि बन्द गरिएको हो । ट्वाइटेल र सिटहरु मर्मत गर्ने काम भईरहेको कारण हल बन्द गरिएको हो ।

हल बन्द हुने भएपछि प्रदर्शन भईरहेको चलचित्रको शो समेत हटाइएको छ ।

कुमारी हल नेपालको धेरै भिड हुने हलहरु मध्येको एक हल भएको कारण यसले रिलिज भैरहेका केही चलचित्रको व्यापारमा असर पर्ने पक्कापक्की नै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here