काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारी पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचार मुद्दामा जोडिएका छन् ।
अख्तियारले उनीसहित ५६ जनालाई प्रतिवादी बनाएर अहिले विशेष अदालतमा भ्रष्टाचार मुद्दासम्बन्धी आरोपपत्र लगेको छ । यसअघि भक्तपुरको नलिन्चोकस्थित हेलिपोर्ट निर्माणको भ्रष्टाचार मुद्दामा पनि उनी जोडिएका थिए ।
अहिले उनीविरुद्धका मुद्दामा विशेष अदालतमै सुनुवाइ भइरहेको छ ।






















