पोखरा विमानस्थल भ्रष्टाचार तीन मुद्दामा अख्तियारले छुट्टै थप अनुसन्धान गर्ने

काठमाडौं । पोखरा विमानस्थल निर्माणको भ्रष्टाचार मुद्दाका तीन विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छुट्टै थप अनुसन्धान गर्ने भएको छ।
फरक फरक प्रकृतिका र फरक फरक समय अवधिका वारदात फरक निर्णयकर्ता भएकोले यी विषयमा मुद्दा एउटै आरोप दाबीमा समावेश गरी ल्याएकोले छुट्टै अनुसन्धान अधिकृत तोकेर अनुसन्धान अगाडि बढाउने निर्णय भएको अख्तियारको अभिलेख पत्रमा उल्लेख छ।

जसअनुसार विमानस्थल निर्माण गर्दा मूल सम्झौताको प्रावधान विपरीत कर छुट दिएर आर्थिक अनियमितता, छिने डाँडाररिट्टेपानी डाँडा कटान र प्राधिकरणको छुट्टै बजेटबाट खर्च गर्ने गरी परामर्शदाता नियुक्त गर्दा भएको अनियमितताको विषयमा छुट्टै अनुसन्धान अधिकृत तोकेर थप अनुसन्धान गर्ने भएको हो।

अख्तियारले आइतबार ५५ जना व्यक्ति र एक कम्पनीसहित ५६ प्रतिवादीविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। पोखरा विमानस्थल निर्माणमा ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार रूपैयाँ भ्रष्टाचार गरेको अख्तियारको आरोप छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here