पवनको अलराउण्डर प्रदर्शनमा, नेपालको एमसीसीमाथी ५ विकेटको जीत

काठमाडौं, १८ कात्तिक । पवन सराफको अलराउण्डर पदर्शनमा नेपालले इङ्ल्याण्डको क्रिकेट क्लब एमसीसीमाथी ५ विकेटको जीत निकालेको छ ।

कीर्तिपुर खेल मैदानमा सोमवार भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको एमसीसीले ३९.२ ओभरमा सबै विकेटको क्षतिमा २०१ रन बनाएको थियो ।

एमसीसीका लागि विल रोडसले सर्वाधिक ५४ रन बनाए । त्यस्तै, ओपनर विल्ली गोड्लम्यानले ५२ रन बनाएका थिए ।

जवाफमा नेपालका विनोद भण्डारीले अर्धशतकीय पारी खेल्दै ५२ रनमा अविजित रहे । त्यस्तै, पवन सर्राफले अविजित ३८, शरद भेषावकरले २४ दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले समान २३ रन जोडे ।

बलिङतर्फ पनि पवन सराफले ४ विकेट लिए । त्यस्तै, ललितनारायण राजवंशीले ४ तथा अविनाश बोहरा र करण केसीले समान १–१ विकेट लिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here