एनपीएल दोश्रो संस्करणको उपाधि लुम्बिनीलाई

काठमाडौं । लुम्बिनी लायन्सले सुदूरपश्चिम रोएल्सलाई पराजित गर्दै सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेको छ । लुम्बिनी एनपीएलको नयाँ च्याम्पियन बन्दा सुदूरपश्चिम रोएल्स लगातार दोस्रो पटक उपविजेतामै चित्त बुझाउन परेकाे हाे।

शनिबार भएको खेलमा कप्तान रोहित पौडेल, शेर मल्ल र रुबेन ट्रमपलम्यान बलिङमा चम्किएपछि लुम्बिनीले सुदूरपश्चिमलाई ८५ रनमा अलआउट गरेको थियो ।

फाइनलमा सुदूरपश्चिमले ८६ रनको लक्ष्य दिएकाेमा लुम्बिनीले ९ ओभरमै पूरा गरेकाे हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here