एमालेको ११औं महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्र सुरु भएको छ । भृकुटिमण्डपमा बन्दसत्रको सुरुमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् ।

आज बिहान ९ बजे नै सुरु हुने भनिएको बन्दसत्र केन्द्रीय कमिटी बैठकका कारण सरेर दिउँसो ३ बजे पुगेकाे हो ।हिजो भक्तपुरको सल्लाघारीमा शनिबार उद्घाटन भएको थियो ।

बन्दसत्र सुरु हुनुअघि बसेकाे केन्द्रीय कमिटी बैठकले विधान महाधिवेशनको निर्णय उल्ट्याएको छ ।

केन्द्रीय सदस्यको संख्या बढाउने र स्थायी कमिटी रहने गरी संशोधन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here