सेयर बजार २६ सयमुनि

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार २६ सयमुनि झरेको छ । अघिल्लो दिनको तुलनामा १२.५० अंक घटेर नेप्से परिसूचक २५९४ अंकमा झरेको हो ।

आज कारोबार रकम केही बढेको छ । अघिल्लो दिन ३ अर्ब ४९ करोडको कारोबार भएकोमा आज ४ अर्बको भएकाे छ । ५६ कम्पनीको मूल्य बढ्दा १९७ को घट्यो भने ६ को स्थिर रहेकाे छ।

आज विकास बैंक ०.३४, फाइनान्स ०.७८, होटल तथा पर्यटन ०.८८, हाइड्रोपावर ०.९३, लगानी ०.६५, जीवन बीमा ०.८७, उत्पादन तथा प्रशोधन ०.७२, माइक्रोफाइनान्स ०.२७, निर्जीवन बीमा ०.२९, अन्य ०.४८ तथा व्यापार ०.५९ प्रतिशत घटेका छन्।

दुई कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढेका कम्पनीमा स्वस्तिक लघुवित्त र एसवाई प्यानल छन् । त्यस्तै अपर स्याङ्गे हाइड्रोपावरको ४.७० प्रतिशत मूल्य बढ्यो ।

सिटी होटलको मूल्य सबैभन्दा धेरै ६.२६ प्रतिशत घट्यो । श्रीनगर एग्रिटेकको ४.६५ तथा लक्ष्मी लघुवित्तको ४.५५ प्रतिशत घट्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here