इमर्जिङ नेपालले ५ प्रतिशत नगद लाभांश दिने

२९ मंसिर, काठमाडौं । इमर्जिङ नेपालले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट हाल कायम चुक्ता पूँजीको ५.२६३१५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । जसअनुसार ५५ करोड ५६ लाख रुपैयाँ बराबर लाभांश प्रदान हुने छ । कम्पनिका अनुसार याे लाभांश अर्थ मन्त्रालय तथा आगामी साधारणसभाबाट स्वीकृत भएपश्चात वितरण हुनेछ ।

हाल यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९०५ रुपैयाँ हाराहारीमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here