प्राइम कमर्सियल बैंकद्वारा सेयरधनीका लागि लाभांश घोषणा

काठमाडौं । प्राइम कमर्सियल बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको हाल बसेकाे सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ८.४२१ प्रतिशत लाभांश घोषणा गरेको हो । जसमा ८ प्रतिशत सेयर बोनस रहेको छ भने कर प्रयोजनाका लागि मात्रै ०.४२१ प्रतिशत नगद लाभांश दिने भएको छ ।

बैंकका अनुसार कुल १ अर्ब ६३ करोड रुपैयाँ बराबर लाभांश प्रदान हुने छ । यो लाभांश आगामी साधारणसभाबाट स्वीकृत भएपश्चात वितरण हुनेछ । हाल यस बैंकको सेयर मूल्य प्रतिकित्ता २४८.४० रुपैयाँ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here