६ पुस, काठमाडौं । विराटनगरकाे बेल मेडिकल कलेज भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ ।
प्रहरीका अनुसार आइतबार बिहान ६:३० बजेको समयमा नोबेल मेडिकल कलेजको मुख्य गेटतर्फको भवनको पाँचौं तलाबाट खसेर ३४ वर्षीय अमित यादवको मृत्यु भएको हो । उनी सप्तरीको राजविराज नगरपालिका वडा नं. ९ जगदरीका स्थानीय बासिन्दा हुन्। पाँचौ तलामाथिबाट तल भुइँमा खसेर टाउकोमा गम्भीर चोट लागेका उनलाई तत्काल सोही अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । उपचारको क्रममा आज बिहान उनको मृत्यु भएको हाे।

























