मेरि क्रीस्मस: फाेटाे फिचर

ललितपुर। डिसेम्बर २५ अर्थात क्रिसमस डे पर्व, नेपालसहित विश्वभरका क्रिश्चियन धर्मालम्बीहरूले मनाउन गर्छन् । येशु ख्रिष्टको जन्मदिनको खुसियाली मनाउने परम्पराअनुसार प्रत्येक वर्ष २५ डिसेम्बरमा क्रिश्चियन धर्मालम्बीले क्रिसमस मानाउने गर्छन् । घर पसल तथा पार्क र सपिङ मलमा क्रिसमस ट्रि सजाउने, त्यसमा रंगीचंगी बिजुली बाल्ने, खेलौनाहरु सजाउने जस्ता विधीहरु गरिन्छ । शान्त क्लज (जसलाई क्रिसमसको पिता भनिन्छ) यसबेला हरेकको ढोकामा आएर जान्छन् भन्ने मान्यता पनि छ।

त्यस्ताे विश्वासकारण घरलाई झिलिमिली बनाइन्छ । शान्त क्लजले उपहार लिएर ढोकामा छाडिदिने कथन छ । यस पर्वको खास विशेषता भनेको क्रिसमस ट्रि, शान्त क्लज, उपहार नै हो । यतिबेला रातो पृष्टभूमीमा सेतो फेरो भएको क्रिसमस ह्याट र लुगा लगाउने गरिन्छ ।

यसैबीच क्रिस्चियन धर्मावलम्बीको महान चाड क्रीस्मसका लागि शहरका विभिन्न मल, रेष्टुरेन्ट तथा पसलहरु सजाइएका छन्। क्रीस्मसलाई लक्ष्यित गर्दै ललितपुरकाे लविङ मल झकिझकाउ बनाइएकाे छ।

यस्ताे छ फाेटाे फिचर।




LEAVE A REPLY

Please enter your comment!
Please enter your name here