काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बीच अहिले वार्ता चलिरहेको छ ।
ललितपुरको कुपण्डोलस्थित मेयर शाहका सहयोगी कुमार बेनको घरमा वार्ता चलिरहेको हो ।
यसैबीच जेनजी अगुवा सुदन गुरुङले गेटमा ताला लगाइदिएको जानकारी गराएका छन् । सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै उनले रवि र बालेनलाई भित्र राखेर बाहिरबाट गेट बन्द गरिएको बताएका हुन् ।
दुई नेताहरूबीच सहमति नभएसम्मका लागि ताला लगाएकाे उनले बताए । ‘दुईजना नेताहरू भित्र हुनुहुन्छ । जबसम्म उहाँहरू दुई जना मिल्नुहुन्नँ, तबसम्म यो गेट खोलिँदैन ।’ गुरुङले भनेका छन् ।
उनले आफूहरू भने सुरक्षागार्डको रुपमा गेटमै बसेको पनि बताएका छन् ।


























