हिमपात र शीतलहरले प्रभावित जनतालाई सहयाेग गर्न सरकार प्रचण्डले गरे सरकारकाे ध्यानाकर्षण

फाइल फोटो

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाली भेगमा हिमपात र तराईमा शीतलहरले जनजीवन कष्टकर भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनलेसामाजिक सञ्जाल मार्फत गरिब तथा सीमान्तकृत वर्गका जनता बढी पीडीत भएको भन्दै तीन वटै तहका सरकारलाई सहयोग उपलब्ध गराउन आग्रह गरेका हुन् । त्यस्तै उनले प्रभावित समुदायका लागि आवश्यक सहयोग संकलन जुटाउन र समन्वय गर्न पार्टीका सम्बन्धित समितिलाई पनि निर्देशन दिएका छन् ।

यस्ताे छ प्रचण्डको स्ट्याटस

मौसममा आएको परिवर्तनसँगै तराई–मधेशमा शीतलहर तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातका कारण जनजीवन कष्टकर बनेको छ। यसबाट खासगरी समाजका गरीब तथा सीमान्तीकृत वर्गका जनता बढी पीडित भएका छन्। यस्तो परिस्थितिमा प्रभावित जनतालाई तत्काल सहयोग पुर्‍याउन तथा कुनै पनि मानवीय क्षति र स्वास्थ्य समस्या उत्पन्न हुन नदिन आवश्यक प्रतिकार्यका लागि तीन वटै तहका सरकारसँग अपील गर्दछु। साथै प्रभावित समुदायका लागि आवश्यक सहयोग जुटाउन तथा राहत लगायतका कार्यहरूलाई समन्वयात्मक रूपमा अघि बढाउनका लागि पार्टीका सम्बन्धित सबै समितिहरूलाई आवश्यक भूमिका निर्वाह गर्न निर्देशन दिन चाहन्छु।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here