एनआईसी एशिया बैंकको भर्चुअल कार्ड सेवा सुरु

काठमाडौं, १९ कात्तिक । एनआईसी एशिया बैंकले ‘एनआईसी एशिया युनियनपे भर्चुअल कार्ड’ सेवा सुरु गरेको छ ।

युनियनपे इन्टरनेशनलसँगको सहकार्यमा बैंकले भर्चुअल कार्ड सेवा सुरु गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र युनियनपे इन्टरनेशनलका अध्यक्ष चायजियाङ्बोको प्रमुख आतिथ्यतामा युनियनपे भर्चुअल कार्ड सहकार्यका लागि समझदारी गरे ।

उक्त सेवालाई बैंकले आफ्नो मोबाइल बैंकिङ सेवासँग एकीकृत गरी छिट्टै ग्राहकसामु ल्याउने योजना बनाएको छ । भर्चुअल कार्डको प्रयोगसँगै नेपालको डिजिटल भुक्तानी प्रणाली गुणस्तरीय हुने विश्वास बैंकले लिएको छ ।

पर्यटन वर्ष २०२० को पूर्वसन्ध्यामा भएको सम्झौताले नेपालमा आउने पर्यटकलाई उक्त झुक्तानी प्रणालीको प्रयोगबाट वस्तु तथा सेवा खरीदमा सहजता मिल्ने बैंकले बताएको छ ।

युनियनपे इन्टरनेशनले विश्वभरका १७५ भन्दा बढि मुलुकहरुमा भुक्तानी सेवा सुरु गर्नुका साथै ८ अर्बभन्दा बढि कार्ड जारी गरिसकेको छ। एनआईसीका मुलुकभर ३१० शाखा कार्यालय, ३८२ एटीएम, ८४ ओटा एक्स्टेन्शन काउन्टर एवं ४२ ओटा शाखारहित एकाइ सञ्चालनमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here