काठमाडौं । कुलमान घिसिङले मन्त्री पदबाट राजीनामा दिएका छन्। सिंहदरबारमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले घिसिङले कुर्सीभन्दा माथि आत्मसम्मान हुने बताएका छन् ।
‘म मान्छु पदभन्दा ठूलो मूल्य हुन्छ, सिद्धान्त,’ घिसिङले भने, ‘कुर्सीभन्दा माथि हुन्छ आत्मसम्मान र सरकारभन्दा ठूलो हुन्छ जनता ।’
साे अवसरमा उनले राजीनामा दिनुको निर्णय भाग्ने र जिम्मेवारीबाट विमुख हुने नभएको बताए ।
उनल भने, ‘पदमा रहँदा मात्रै होइन पदबाट बाहिर रहँदा देश र जनताको पक्षमा उभिनु नै कर्तव्य ठानेको छु ।’घिसिङले ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालय सम्हाल्दै आएका थिए।
केही समययता आफ्नै संरक्षकत्वमा उज्यालो नेपाल पार्टी अघि बढाएका घिसिङले यही पुस १४ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता गरेका थिए। एकतापछि उनी रास्वपामा पहिलो वरीयताको उपसभापति भएका छन्।

























