काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा अहिलेसम्म ४९ प्रतिशत बढीले हस्ताक्षर गरेका छन् ।
विशेष महाधिवेशनको उद्घाटन सत्रका सञ्चालकका अनुसार हालसम्म ४९ दशमलब ३४ प्रतिशतले महाधिवेशन प्रतिनिधिले रजिस्ट्रेन गरिसकेको हुन्।
नेपाली कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर विशेष महाधिवेशन माग गरेका थिए । कांग्रेसमा ४७४३ जना महाधिवेशन प्रतिनिधि छन् ।
आजदेखि शुरु भएको महाधिवेशन भोलिसम्म चल्ने छ ।
























