काठमाडौं । सोमबार सुन र चाँदीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको भाउ प्रतितोला २ लाख ७४ हजार ७ सय रुपैयाँ तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ४ हजार १ सय रुपैयाँ बढी हो । अघिल्लो दिन सुन प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको भाउ प्रतितोला ५ हजार १९५ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको तुलनामा चाँदी २०५ रुपैयाँ बढी हो । हिजो चाँदी प्रतितोला ४ हजार ९९० रुपैयाँमा चाँदीको कारोबार भएको थियो । पछील्लो समय अन्तर्राष्ट्रिय द्वन्द्व बढ्ने डरका कारण केन्द्रीय बैंक र लगानीकर्ता सुन र चाँदीमा लगानी बढाइरहेका छन् । जसले गर्दा सुनचाँदीको मागसँगै मूल्य बढेको हो । विशेषगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला कब्जा गर्नुका साथै इरान, ग्रिनल्यान्ड लगायत मुलुक कब्जाको धम्की दिँदै आएका छन् ।





















