डोनाल्ड ट्रम्पले गरे आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा गरेका छन् ।

ट्रम्पले आफ्नै सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा एउटा फोटो पोस्ट गर्दै आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा गरेका हुन् ।

उनले सेयर गरेको तस्बिरको क्याप्सन ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’ लेखिएको छ । अमेरिकाले जनवरी ३ मा राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई नियन्त्रणमा लिएको थियो ।

अहिले भेनेजुएलाको उपराष्ट्रपति डेल्सी रोड्रिग्वेजलाई कार्यवाहक राष्ट्रपति बनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here