काठमाडौं । सोमबार सेयर बजार परिसूचक नेप्से ५.५४ अंक घटेको छ । सो अंकको कमीसँगै नेप्से परिसूचक २६३५ अंकमा कायम भएको छ ।
आज कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ४ अर्ब ९० करोडको कारोबार भएकोमा आज ६ अर्ब ४७ करोडको भएकाे हाे। आज कारोबारमा आएका ७५ कम्पनीको मूल्य बढ्दा १७८ को घट्यो भने ७ को स्थिर रह्यो । उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै १.०२ प्रतिशत बढेकाे छ । यता व्यापार समूह सबैभन्दा धेरै १.१६ प्रतिशत घटेकाे छ।
साेमबार विकास बैंक ०.०२, होटल तथा पर्यटन ०.१० प्रतिशत बढेकाे छ । त्यस्तै बैंकिङ ०.२५, फाइनान्स ०.५३, हाइड्रोपावर ०.११, लगानी ०.४२, जीवन बीमा ०.१८, माइक्रोफाइनान्स ०.६६, निर्जीवन बीमा ०.१४, अन्य ०.२९ प्रतिशत घटेका छन्।
दुई कम्पनी एसवाई प्यानल र श्रीनगर एग्रिटेक कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै रसुवागढी हाइड्रोपावरको ८.५३, बुङ्गल हाइड्रोपावरको ५.४१, ट्रेड टावरको ५.३०, सिक्लेस हाइड्रोपावरको ५.२९ प्रतिशत मूल्य बढेकाे छ।
यता सुपर मादी हाइड्रोपावरको ४.२५, कालिका लघुवित्तको ३.८५, मायाखोला हाइड्रोपावरको ३.७१ प्रतिशत मूल्य घट्यो ।
आज धेरै कारोबार भएका कम्पनीमा एसवाई प्यानल, राधि विद्युत्, मञ्जुश्री फाइनान्स, श्रीनगर एग्रिटेक र शिवम् सिमेन्ट कम्पनी अगाडि रहे ।




















