२९ पुस, काठमाडौं । भारतको हिमाञ्चलस्थित सोलन जिल्लाको अर्कीमा ग्यास सिलिन्डर विस्फोटपछिको भएको आगलागीमा नेपालीसहित ६ जना बेपत्ता भएका छन् ।
आगलागीका उक्त घटनामा ३ जनाको शव फेला परेको छ । अन्य ६ जना बेपत्ता छन् ।
भारतस्थित नेपाली अधिकारीले घटनामा नेपाली पनि परेको हुन सक्ने बताएको छ।
यता साेे घटनामा नेपाली परेकाे भन्दै सल्यानको सिद्ध कुमाख गाउँपालिका-२ का अध्यक्ष मेकबहादुर बुढाथोकीले आफ्नो पालिकाका नागरिक आगलागीको घटनामा परेको बताएका छन् । वडाध्यक्ष बुढाथोकीले घटनाप्रति दुःख व्यक्त गर्दै वडामा शोक विदा समेत दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय सल्यानले पनि घटनाबारे आफूहरूले सूचना पाएको र यसबारेमा सत्यतथ्य जानकारी लिन मृतकको घरमा प्रहरी टोली पुगेको बताएको छ ।
























