काठमाडौं । बालेन शाह काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा दिएलगत्तै मधेस जाने भएका छन् । हालै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका उनले माघ ४ गते मेयर पदबाट राजीनामा दिने छन्। त्यसको भोलिपल्ट माघ ५ गते रास्वपा सभापति रवि लामिछाने र बालेन जनकपुर जाने कार्यक्रम तय भएको हाे।
उनि महोत्तरीको एकडारा गाउँपालिकास्थित आफ्नो पुर्ख्यौली घर महोत्तरीको निर्वाचन क्षेत्र ३ जाने कार्यक्रम छ।
























