काठमाडौंकाे न्यूनतम तापक्रम २ दशमलव ७ डिग्री

काठमाडौं । आज काठमाडौंकाे न्यूनतम तापक्रम २ दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको छ । याे हिजो बिहानकाे भन्दा कम हाे। मंगलबार काठमाडौंकाे न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस रहेको थियो । तापक्रम केही घटेसँगै चिसो बढेको छ ।

त्यस्तै आज तराईका थोरै ठाउँमा हुस्सु लागेको छ । ती क्षेत्रमा आज दिउँसोसम्म नै हुस्सु तथा कुहिरो रहने सम्भावना रहेकाे जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशभर पश्चिमी वायुको आंशिक प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा बादल लागेको छ । बाँकी पहाडी तथा हिमाली भागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here