निर्वाचन आयोगले कांग्रेसको विशेष महाधिवेशनलाई वैध ठहर गर्दै गगनकुमार थापाको नेतृत्वको नवनिर्वाचित कार्यसमितिलाई वैधता प्रदान गरेको छ ।
आयोगको शुक्रबार बसेको बैठकले उक्त निर्णय लिनका लागि राजनीतिक दलसम्बन्धी ऐन, संविधान र नेपाली कांग्रेसको विधानमा टेकेको छ । मुख्य रुपमा आयोगले अद्यावधिको निर्णय टुंग्याउन तीन वटा आधार लिएको कार्यवहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताए ।
आयोगले राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ मा रहेको दलमा पदाधिकारी हेरफेर भए दल दर्ता किताबमा अद्यावधि गर्नुपर्ने व्यवस्था अनुसार विशेष महाधिवेशनको निर्णयलाई अद्यावधिक गरिदिने निणय बहुमतले गरेको बताइएको छ ।

























