काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह आज आइतबार नै राजीनामा दिने कि नदिने भनेर छलफलमा छन्।वरिष्ठ नेताका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका बालेन कानुन अनुसार संघीय सांसदमा उम्मेदवारी दिन स्थानीय तहबाट राजीनामा दिनुपर्ने बाध्यकारी व्यवस्था नभएकाले छलफलमा बसेका हुन्।
यसबीच बालेन आइतबार रास्वपा केन्द्रीय कार्यालय ‘घन्टीघर’ जाँदैछन्। उनलाई आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा स्वागत गर्ने कार्यतालिका रहेको प्रवक्ता मनिष झाले बताए। त्यसपछि पार्टी सभापति रवि लामिछाने र मेयर बालेन शाह आज साँझ ५ बजे बुद्ध एयरको जहाजबाट जनकपुर जाने कार्यक्रम छ।
















