६ माघ, काठमाडौं । मंगलबार फेरि सुनको भाउमा नयाँ रेकर्ड कायम भएको छ।
आज सुनकाे भाउ अघिल्लो दिनको तुलनामा प्रतितोला २ हजार ७ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन २लाख ८२ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।
त्यस्तै चाँदीको भाउ प्रतितोला ७० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ८१० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ८८० रुपैयाँ पुगेको छ ।



















