महेश बस्नेतले गरे भक्तपुर २ बाट उम्मेदवारी दर्ता

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी मनोनयन दर्ता गरेका गराएका छन् ।
उनी आज नेता–कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालय पुगेका हुन् ।

साे क्रममा बस्नेतले निर्वाचन हुने दिशामा मुलुक अघि बढ्नु सकारात्मक भएको बताए । उनले जेनजी आन्दोलनमा क्षति भएका सार्वजनिक संरचनाको पुनर्निर्माणमा जुट्नुपर्ने पनि धारणा व्यक्त गरे ।

आगामी निर्वाचनमा एमालेलाई बहुमत प्राप्त हुने भन्दै सचिव बस्नेतले समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई साकार पार्ने दावी गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here