बाबुराम भट्टराईको तालमेलको प्रस्ताव न्यौपानेद्धारा अस्वीकार

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् गोरखा क्षेत्र नम्बर २ का उम्मेदवार डा बाबुराम भट्टराईले नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार लेखनाथ न्यौपानेसँग तालमेलको प्रस्ताव गरेका छन् । गोरखा २ मा प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उनले उम्मेदवारी दिएका छन् ।

२०७४ सालमा भट्टराई गोरखा २ बाट निर्वाचित भएका थिए । २०७९ सालमा उनले तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई छाडिदिएका हुन् ।

तर यता न्यौपानेले भने आफू ‘धेरै अगाडि बढिसकेको’ भन्दै प्रस्ताव अस्वीकार गरेका छन् । गोरखा २ मा कांग्रेसका प्रकाशचन्द्र दवाडी, नेकपा एमालेका चक्रे मिलन र रास्वपाबाट कविन्द्र बुर्लाकोटी उम्मेदवार छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here