काठमाडौं । सुनको भाउमा नयाँ रेकर्ड बन्ने क्रम मंगलबार पनि जारी रहेकाे छ। सोमबारको तुलनामा आज मंगलबार सुन प्रतितोला ३ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार सुनको भाउ तोलामा ३ लाख ९ हजार ३ सय रुपैयाँ कायम भएको हो । यो हालसम्मकै सबैभन्दा महँगो भाउ हो ।
हिजो सोमबार सुनको भाउ तोलाको ३ लाख ९ हजार रुपैयाँ थियो ।
त्यसैगरी चाँदीको भाउ पनि आज तोलामा १ सय ५ रुपैयाँ बढेको छ । आज चाँदी तोलाको ६ हजार ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो सोमबार चाँदी तोलाको ६ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।





















