काठमाडौं । युवराज पौडेल (सफल) मंगलबार पक्राउ परेका छन्।
सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको, गाली गलौज गरेको अभियोगमा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हाे।
उनिविरुद्ध ‘गालीगलौज, अफवाह फैलाएको आरोपमा लागेकाे छ।
उनले महान्यायाधिवक्ताको कार्यालय र महान्यायाधिवक्ता सबिता भण्डारी लक्षित गरी नकारात्मक, अपशब्द, गाली गलौज, बेइज्जती तथा विभिन्न मुद्दामा रकम लेनदेन गरी मुद्दा फिर्ता लिने कार्य गरेको भन्दै आरोप लगाएका थिए।
























