१४ माघ, काठमाडौं । नेपाली बजारमा सुनचाँदीको भाउले बुधबार पनि नयाँ कीर्तिमान कायम गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार छापावाल सुनको भाउ तोलामा ९ हजार ५ सय रुपैयाँले बढेर ३ लाख १८ हजार ८ सय रुपैयाँ पुगेकाे हो । यो हालसम्मकै उच्च मुल्य हो ।
मंगलबार सुन ताेलामा ३ लाख ९ हजार ३०० रुपैयाँ थियो ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला ४ सय ३० रुपैयाँले बढेर ७ हजार ३ सय रुपैयाँ पुगेको छ ।
मंगलबार चाँदी प्रतितोला ६ हजार ८ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।





















