काठमाडौं । बिहिबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । बुधबार ५ अंकले बढेको नेप्से सूचक बिहीबार १७ अंक घटेको छ । आज कारोबार रकम भने बढेकाे छ। बुधबार ११ अर्बको कारोबार भएकोमा बिहीबार बढेर १४ पुगेको नेप्सेले जनाएको छ ।
बिहीबार नेप्से २७१४.०५ बिन्दुमा झरेको छ । नेप्सेमा कारोबार भएकामध्ये ८५ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय ७० को घटेको छ ।
त्यसैगरी ७ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएको छैन । बिहीबार हिमालय दोलखा र शिवश्री हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।
कारोबार भएका समूहगत परिसूचकमध्ये बैंकिङ ६.५७, विकास बैंक १३१.८१, वित्त ४५.८३, होटल ९८.९४, जीवन बीमा ८४.०८, उत्पादनमूलक २००.७१, लघुवित्त ३०.२७, निर्जीवन बीमा ७६.८३, अन्य २७.४० र व्यापार ६.७१ अंक घटेका छन् ।
तर जलविद्युत् १३.७७, लगानी ०.०५, सामूहिक लगानी कोष ०.०७ अंकले बढे पनि त्यसको प्रभाव समग्र बजार सूचकमा पर्न सकेन ।
बिहीबार नेप्सेमा ३ सय २० कम्पनीको १ लाख ३८ हजार ८ सय ८३ कारोबारबाट १४ अर्ब ५६ करोड रुपैयाँ बराबर ३ करोड ५४ लाख ७७ हजार कित्ता सेयर खरिद–बिक्री भएको छ।
























