१९ माघ, काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा सोमबार सामान्य बढेर बन्द भएको छ । नेप्से १.५३ अंकले बढेर २६९५.७३ अंकमा पुगेर बन्द भएको हो ।
यता काराेवारमा भने गिरावट आएको छ। आइतबार ९ अर्बभन्दा बढी रहेको कारोबार रकम सोमबार घटेर ८ अर्ब २२ करोडमा सीमित भयो ।
सोमबार नेप्सेमा कारोबार भएका १ सय १४ कम्पनीको सेयर मूल्य बढ्यो भने १ सय ३४ कम्पनीको घटेको छ । १३ कम्पनीको सेयर मूल्य भने भने स्थिर छ। समूहगत परिसूचकमध्ये होटल र पर्यटन १.७७ प्रतिशत बढेको छ भने विकास बैंक ०.७७ प्रतिशतले उकालो लागेको छ ।
त्यस्तै फाइनान्स उपसूचक ०.८९ प्रतिशतले ओरालो लाग्दा जीवनबीमा भने ०.३५ प्रतिशतले घटेको छ ।
आज एसवाइ प्यानल, श्रीनगर एग्रिटेक र हिमस्टार ऊर्जाको सेयर १० प्रतिशतले बढ्यो भने मिथिला लघुवित्त वित्तिय संस्थाको मूल्य १० प्रतिशतले घटेको छ ।






















