२० माघ, काठमाडौं । पश्चिमी नेपालका भूभागमा आज अपराह्न हिउँ र पानी पर्ने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुुसार पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले हल्कादेखि मध्यम खालको हिउँ र पानी पर्ने सम्भावना छ ।
गएरातिदेखि नै सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भेगमा बादल लागेकोमा आज अपराह्नतिर मध्यम खालको हिउँ र पानी पर्ने सम्भावना रहेको छ।
लुम्बिनी, बागमती र कोशी प्रदेशको पहाडी तथा हिमाली भेगका थोरै ठाउँमा पनि हल्का हिउँ र पानी पर्ने सम्भावना रहेको हाे ।
त्यसैगरी सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका तराई भू-भागका एक दुई ठाउँमा छिटपुटदेखि हल्का खालको पानी पर्ने सम्भावना छ ।
























