एमालेले भन्याे ‘जेनजी आन्दोलनका जायज पक्षमा पार्टीको समर्थन छ’

काठमाडौं । नेकपा एमालेले जेनजी आन्दोलनका जायज पक्षको आफ्नो पार्टीले विरोध नगरेको बताएकाे छ। शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा आम निर्वाचन प्रचार संयोजक मीनबहादुर शाहीले जेनजी आन्दोलनका क्रममा भएका हिंसा र आगजनीका घटनाको मात्रै एमालेले विरोध गरेको बताएका हुन् ।

उनले भने ‘जेनजी पुस्ताले सुशासनको, भ्रष्टाचार न्यूनीकरण, सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने जुन कुरा उठाएका थिए, त्यो त हामीले सुरुवात गरिसकेका थियौँ,त्यसकारण भ्रम नपरोस् जेनजी पुस्ताले उठाएका जायज रूपान्तरणका मागमा एमालेले विरोध गरेको छैन ।’

‘हामीलाई हिंसा स्वीकार्य छैन । हामीलाई विध्वंस स्वीकार्य छैन । हामीलाई दण्डहीनता किमार्थ स्वीकार्य छैन,’ उनले भने ।

राज्यका सम्पत्ति क्षतिग्रस्त पारेको र जेल नै तोडेको विषयको एमाले जहिल्यै विरोध गर्ने पनि उनले बताए ।