काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा उपचारका लागि सिंगापुर गएका छन्।
उनी सिंगापुर एयरलाइन्समार्फत मंगलबार राति प्रस्थान गरेका हुन् ।
सिंगापुरमा देउवा र उनका स्वकीय सचिव भानु देउवा मात्रै गएका छन्।
शेरबहादुर देउवाकी श्रीमती एवम् पूर्वपरराष्ट्र मन्त्री आरजु राणा नेपालमै छिन्।






















