ललितपुरमा चितुवाको आक्रमणबाट एक व्यक्ति घाइते

काठमाडौं । ललितपुरमा चितुवाको आक्रमणबाट एक व्यक्ति घाइते भएका छन्।

बिहीबार बेलुकी साढे ८ बजे ललितपुरको गोदावरी नगरपालिका-५ सुनारटोलमा ६१ वर्षीय रण बहादुर गर्तौलालाई चितुवाले आक्रमण गरेको हाे।

सोलुखुम्बु घर भई सुनारटोल बस्दै आएका उनी बेलुकी कामबाट घर फर्कँदै थिए।

बाटोमा हिँडिरहेका उनीमाथि अकास्मात चितुवाले आक्रमण गरेको थियो। उनलाई स्थानीयले उद्धार गरेका थिए।

उनलाई बचाउनका लागि स्थानीयले चितुवालाई मारेका छन्।