४ वटा पार्टीले कटाए समानुपातिककाे थ्रेसहोल्ड, श्रम संस्कृति पार्टीले के गर्ला!

तस्वीर स्रोत रासस

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले प्रतिनिधिसभा सदस्यको निर्वाचनमा समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएका छन् ।

निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार रास्वपाले ३९ लाख ५० हजार ८१०, कांग्रेसले १३ लाख ३० हजार १०१, नेपाली कम्युनिस्ट पार्टीले ५ लाख ७९ हजार ६२६ मत पाएको छ ।

यता श्रम संस्कृति पार्टीले २ लाख ८७ हजार ६४५ मत प्राप्त गरेको छ ।

निर्वाचन आयोगका अनुसार समानुपातिक तर्फ १ करोड ९ लाख मत खसेको थियो । समानुपातिक तर्फ सिट पाउन खसेको मतमध्ये सदर मतको ३ प्रतिशत मत कटाउनुपर्ने थ्रेसहोल्ड छ ।

२७५ सदस्यीय प्रतिनिधिसभामा ११० जना समानुपातिक निर्वाचन प्रणालीमार्फत चुनिन्छन् । १६५ जना भने प्रत्यक्ष निर्वाचित हुन्छन् ।

समानुपातिक तर्फकोसमानुपातिक तर्फको मतगणना सम्पन्न भएपछि थ्रेसहोल्ड पार गरेका दलहरूले प्राप्त गरेको मतका आधारमा आयोगले सम्बन्धित दलको तर्फबाट निर्वाचित हुने सांसदको संख्या निर्धारण गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here