चैत २९ र ३० मा महासंघको साधारणसभा, प्रदेशको साधारणसभा चैत २५ भित्र गरिने

नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा यही चैत २९ र ३० मा हुने भएको छ । बिहीबार बसेको महासंघ कार्यकारिणी समितिको बैठकले चैत २९ र ३० मा केन्द्रीय महासंघको र सातवटै प्रदेशको साधारणसभा चैत २५ दिनभित्र सक्ने निर्णय गरेको हो ।
निर्वाचन आचार संहिताका कारण स्थगित भएको केन्द्रीय महासंघ र प्रदेश महासंघको साधारण सभाको मिति तय गने बिहीबार कार्यकारिणी समितिको बैठक डाकिएको थियो ।
यसअघि २४ माघदेखि २ फागुनसम्म विभिन्न मितिमा सातवटै प्रदेश महासंघको साधारणसभा गर्ने तय भएको थियो । तर, निर्वाचन आचार संहिताका कारण उक्त मितिमा साधारणसभा नगर्न निर्वाचन आयोगले अनुमति नपाएपछि रोकिएको थियो ।
महासंघको विधानमा चैत २८ र २९ मा केन्द्रीय महासंघको साधारण सभा गर्नुपर्ने व्यवस्था छ । केन्द्रको साधारणसभाको कम्तीमा एक महिनाअघि प्रदेशको साधारणसभा हुनुपर्छ । यसअनुसार केन्द्र र प्रदेश महासंघको साधारणसभाका लागि कम्तिमा २१ दिन अघि सूचना जारी गर्नुपर्ने व्यवस्था विधानमा छ । तर यसपटक निर्वाचनका कारण कार्यकारिणी बैठकले बाधाअड्काउ फुकाउ व्यवस्था अन्तर्गत प्रदेश साधारणसभाका लागि २१ दिने सूचनाको साटो १५ दिने सूचना दिइने भएको छ ।

यसपटक महासंघमा केन्द्र र प्रदेश पदाधिकारीको निर्वाचन पनि हुँदैछ । यसकारण पनि महासंघको साधारणसभालाई चासोका रूपमा हेरिएको छ । पदाधिकारीका प्रत्याशीहरू पनि समूह नै बनाएर निर्वाचन प्रतिस्पर्धामा लागिसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here