विश्वकै महङ्गो चकलेट, एक किलोको ७ लाख रुपैयाँ

काठमाडौं । विविध कारोबारी समुह आईसीटीले विश्वकै सबैभन्दा महङ्गो चकलेट सार्वजनिक गरेको छ ।

भारतमा सार्वजनिक भएको चकलेटको मूल्य ६ लाख ८८ हजार रुपैयाँ रहेको छ । आईटीसीले लक्जरी चकलेट ब्राण्ड फैबेल एक्सिक्विजिट चकलेटलाई गिनीज वल्ड रेकर्डमा पनि दर्ता गरेको छ ।

आईटीसीले एक बयानमा भनेको थियो फ्रान्सका मिशलिन स्टाफ शेफ फिलिप कान्टीकिनी र फैबेल्स के मास्टर चकलेटियर फैबेल्स ट्रिनिटीद्धारा संयुक्त रुपमा बनाएको यो चकलेटको मूल्य लगभग ७ लाख रुपैयाँ पर्ने बताइएको छ ।

यो चकलेट हातले बनाएको लठ्ठीले बनाएको बक्समा पाईन्छ । यो बक्समा १५ ग्रामको १५ वटा चकलेट हुन्छ । यो बक्सको मूल्य १ लाख ६० हजार रुपैयाँ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here