काठमाडौं । केही दिनयता तराईमा अत्यधिक बढेसँगै गर्मीले जनजीवन प्रभावित हुन थालेको छ । नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेकोले सुदुरपश्चिम तथा लुम्बिनीको तराई भेगमा गर्मि अत्यधिक छ।
अत्यधिक गर्मीबाट जोगिन दिउँसोको समयमा अनावश्यक बाहिर ननिस्कन, प्रशस्त पानी पिउन, हल्का कपडा लगाउन तथा बालबालिका, वृद्ध वृद्धा र बिरामीको विशेष ख्याल राख्न विज्ञले आग्रह गरेका छन् ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भागमा साधरणतया बादल लाग्नेछ ।
बाँकी प्रदेशको हिमाली र पहाडी भागमा आंशिक बादल लाग्नेछ भने बाँकी तराई भागमा मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँ तथा मधेश प्रदेशको थोरै ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना छ ।

























