शाओमीको पाँचौ सर्भिस सेन्टर नारायणघाटमा

काठमाडौं, २१ कात्तिक । शाओमी ग्लोबल टेक्नोलोजी लिडरले विहिवार आफ्नो पाँचौं आधिकारिक सर्भिस सेन्टरको घोषणा गरेको छ ।

शाओमीले नारायणघाटमा कम्पनीले पाँचौं सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो । अन्य सर्भिस सेन्टरहरु काठमाडौं, नेपालगन्ज र इटहरीमा अवस्थीत छन् ।

कार्यक्रममा शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर शौरभ कोठारीले भने, ‘शाओमीमा हामी वास्तवमै सबैलाई नवीनतम प्रविधिको पहुँच पुर्याउन केन्द्रित छौं । शाओमीमा सर्भिसको गुणस्तर प्रमुख स्तम्भ भएकाले हामी आफ्टर सेल्स र ग्राहक सेवाप्रतिको प्रयासमा हाम्रा नवीनतम उपायहरुको उत्तम कार्यान्वयन गर्न जारी राख्दछौं ।’

यी सर्भिस सेन्टरहरु संचालनमा आएसँगै नेपालको प्रयोगकर्ता समुदायमा आधिकारिक उत्पादनहरुको प्रयोग बढेको कम्पनीले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here