पूर्वमन्त्री रूप ज्योति पक्राउ

काठमाडौं, २१ कात्तिक । पूर्व अर्थ सहायकमन्त्री तथा व्यवसायी रुप ज्योति पक्राउ परेका छन्।

ठगी आरोपमा बिहीबार साँझ महानगरीय प्रहरी परिसरको टोलीले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो।

हाउजिङको घर दिन्छु भन्दै नदिएको भन्दै विजेन्द्रमान श्रेष्ठले उनीविरुद्ध प्रहरीमा उजुरी दिएका थिए ।

हाउजिङका नाममा विभिन्न व्यक्तिसँग ठगी मुद्दामा रूप ज्योतिलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले २०७५ मंसिर २० मा अनुमति दिएको थियो।

तर, उनी त्यसविरुद्ध सोही वर्ष मंसिर २४ मा सर्वोच्च पुगेर अन्तरिम आदेश लिएका थिए। त्यसको १ वर्षपछि मंगलबार सर्वोच्चले रुप ज्योतिको विपक्षमा फैसला सुनाएको थियो । ज्योती शाही सरकारमा अर्थराज्यमन्त्री थिए ।