नागरिक लगानी कोषमा रोजगारी खुल्यो १२ पास गरेकाले पनि दरखास्त दिन पाउने(सूचना सहित)

काठमाडौं, २२ कात्तिक । नागरिक लगानी कोषले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।

खुल्ला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नका लागि प्रशासन तथा प्राविधिक तर्फका १२ पदमा आवेदन मागेको हो ।

जसमा अधिकृत, सहायक कम्प्यूटर अधिकृत, वरिष्ठ सहायक, वरिष्ठ कम्प्यूटर अपरेटर, सहायक र सहायक कम्प्यूटर अपरेटर पदहरु रहेका छन् ।

इच्छुक उम्मेदवारका लागि आवेदन दिने म्याद आज (शुक्रबार) देखि २१ दिनभित्र छ । दोब्बर दस्तुर तिरेर अर्को ७ दिनसम्म पनि आवेदन दिने समय बाँकी रहने कोषले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here