‘महा’ चक्रवातको प्रभाव नसकिँदै नेपालमा फेरि ‘बुल-बुल’ सक्रिय

काठमाडौं, २२ कात्तिक । नेपालमा बंगालको खाडीमा विकसित चक्रवात ‘बुल–बुल’को असर सुरु भएको छ ।

अरब सागरमा विकसित ‘महा’ नामक चक्रवातको प्रभाव नसकिँदै ‘बुल–बुल’को असर सुरु भएको मौसमविद मीनकुमार अर्यालले बताए ।

‘महा’ले पश्चिमतिर प्रभाव पारेकामा ‘बुल–बुल’ चक्रवातले अब पूर्वमा प्रभाव पार्नेछ ।

भारतको गुजरातको तटिय क्षेत्र नजिकै अरब सागरमा ‘महा’ नाम गरेको चक्रवात कमजोर बन्दै निम्न चापिय प्रणालीको रुपमा रहेको र अझै कमजोर बन्दै जाने क्रममा रहेको छ

‘बंगालको खाडीमा विकसित बुल–बुल नाम गरेको चक्रवातको असर आउन थालेको छ,’ ‘यसको असर देशको पूर्वदेखि मध्यसम्म पर्ने बताए । यसले मौसम बदली तथा उच्च पहाडी तथा हिमाली भेगमा हिमपात गराउने सम्भावना छ ।

महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको देखिन्छ। ‘महा’ नाम गरेको चक्रवात कमजोर बन्दै निम्न चापीय प्रणालीका रूपमा रहेको छ र अझै कमजोर बन्दै जाने क्रममा छ।

तर अर्को चक्रवात ‘बुल-बुल’ बंगालको खाडीको पश्चिमी-मध्य भागमा विकास भइरहेको छ। यो प्रणाली हाल उत्तर दिशातर्फ बढ्ने देखिएको महाशाखाले जनाएको छ।

उपल्लो मुस्ताङमा हिउँ पर्न थाल्यो

उपल्लो मुस्ताङमा शुक्रबार बिहानदेखि हिउँ पर्न थालेको छ । दामोदरकुण्ड लोघेकर र लोमान्थाङ गाउँपालिकामा यो वर्ष पहिलोपटक हिउँ परेको हो ।

चराङ, मराङ, लोमान्थाङ, छोसेर र छोन्हुपमा हिउँ परेको दामोदरकुण्ड लोघेकर गाउँपालिका–१ का वडाध्यक्ष टसी ढुण्डुक ठकुरीले बताए ।

चराङमा बिहानसम्म पानी परिरहेको उनले बताए । पानी र हिमपातका कारण चिसो बढेको छ । जनजीवन प्रभावित भएको छ । डाँडाहरुमा बाक्लो हिउँ जमेको छ । बस्तीमा दुई–तीन सेन्टिमिटर बाक्लो हिउँ जमेको राससले समाचार लेखेको छ ।

चिसो र हिमपातका कारण निर्माणाधीन बेनी–जोमसोम–कोरलालगायत विकास आयोजना प्रभावित भएका छन् । चिसो छल्न उपल्लो मुस्ताङका बासिन्दाहरु बेँसी झर्न थालेका छन् । पोखरा, काठमाडौं, चितवन, बुटवललगायतका ठाउँमा जान थालेका छन् ।

घरमा कुरुवालाई राखेर न्यानो ठाउँतर्फ गएका उपल्लो मुस्ताङका बासिन्दा गर्मी बढ्न थालेपछि फागुनमा घर फर्कन्छन् । उनीहरुले घुम्ती व्यापार पनि गर्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here