२२ असार, काठमाडौं । भन्सार विभागको महानिर्देशकमा सहसचिव यमलाल भुसाल नियुक्त भएका छन् । सो विभाग यसअघि रिक्त थियो ।
विभागका निमित्त महानिर्देशक भरतमणि पाण्डेयको अर्थ मन्त्रालय बाहिर सरुवा भएको छ । यसैगरी भन्सार विभागको उपमहानिर्देशकमा प्रेम प्रसाद आचार्य नियुक्त भएका छन् । उता, आन्तरिक राजश्व विभागको महानिर्देशकमा डा. भीष्मकुमार भुसाल नियुक्त भएका छन् ।
हालका महानिर्देशक रमेश अर्याल अर्थ मन्त्रालय बाहिर सरुवा भएका छन् । नयाँ जिम्मेवारी पाएका तीनै जना सहसचिव हालैको मन्त्रिपरिषद् बैठकबाट अर्थमा सरुवा भएर आएका हुन् । अर्थले लामो समयसम्म यी निकाय नेतृत्वविहिन राखेको थियो ।
