धिरागु रोड रेसमा नेपाली धाविकाले जितिन गाेल्ड मेडल

काठमाडौं। माल्दिभ्समा भएको १७ औं संस्करणको धिरागु रोड रेड २०२६ मा नेपाली धाविका सन्तोषी श्रेष्ठले दुई विधामा कोर्स रेकर्डसहित स्वर्ण पदक जितेकी छिन्। हुलुमालेस्थित सेन्ट्र पार्कमा भएको रोड रेसमा उनले महिला हाफ म्याराथन र ५ किमिमा स्वर्ण जितेकी हुन् ।

साे रेसमा विभिन्न देशका खेलाडीसहित ५ हजार ५ सयको सहभागिता थियो । उनले २०२४ मा पनि दुवै विधामा स्वर्ण जितेकी थिइन्। हाफ म्याराथन १ घन्टा २६ मिनेट ३९ सेकेन्डमा दुरी पार गर्दै स्वर्ण जितेकि हुन्। माल्दिभ्सका आइसाथ जिनानी इब्राहिम र फाथिमथ सिजाले रजत र कांस्य पदक जितेका थिए ।