२३ असार, काठमाडौं । पटक–पटक विद्युत् अवरुद्ध हुने समस्या जनताको दैनिक जीवनसँग सीधै जोडिएको छ। त्यसैले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले यो समस्याको सक्रिय अनुगमन र तत्काल समाधानको अभियान सुरु गरेको छ। अभियानको पहिलो दिन हटलाइन ११५० र ११५१ मा २४ वटा गुनासा प्राप्त भएको ऊर्जा मन्त्रालयले जनाएको छ ।
अधिकांश गुनासा वीरगञ्ज क्षेत्रबाट आएका थिए । सबै समाधान भइसकेको मन्त्रालयले जानकारी दिएको छ । काठमाडौंको न्युरोड क्षेत्रमा ट्रान्सफर्मर पड्किएर अवरुद्ध भएको विद्युत् आपूर्ति पनि मर्मत गरी पुनः सञ्चालनमा ल्याइएको छ।
प्राप्त सबै २४ वटा गुनासा शतप्रतिशत सम्बोधन भएका छन्।
विद्युत् आपूर्तिसम्बन्धी कुनै समस्या वा गुनासो भएमा हटलाइन ११५० र ११५१ मा सर्क्प गर्न सकिने भएको छ । यसैगरी आवश्यक परेमा देहायका पदाधिकारीहरूलाई पनि सम्पर्क गर्न सकिने भएको छ ।
नेपाल विद्युत् प्राधिकरण
दीर्घायु श्रेष्ठ (प्रबन्ध निर्देशक) – ९८५१३१३९८२
प्रदेश सम्पर्क
कोशी (विराटनगर) : विनोद कुमार यादव – ९८५५०४०७६६
मधेश (जनकपुर): हरदेव प्रसाद गुप्ता कलवार – ९८५५०४४९१७
बागमती (काठमाडौं) : सुधीर कुमार राय – ९८५११५०५२५
गण्डकी (पोखरा) महादेव भट्टराई – ९८५७०१०६२२
लुम्बिनी (बुटवल) : उमेश कुमार शाह – ९८५२०२९१८९
कर्णाली (सुर्खेत) : शशिभूषण साह – ९८५८०७२३९९
सुदूरपश्चिम : जंगबहादुर चन्द – ९८५८४८८५५५
मन्त्रालय अन्तर्गत हटलाइन मा कार्यरत कर्मचारीहरू चौबीसै घण्टा सेवा उपलब्ध भएको समेत जानकारी गराइएको छ ।
