पाँच नेपाली क्रिकेट खेलाडी ‘पाकिस्तान सुपर लिग’ को ड्राफमा राख्न सिफारिस,को-को परे ?

काठमाडौं, २२ कात्तिक । ५ जान नेपाली क्रिकेट खेलाडी पाकिस्तान सुपर लिग (पिएसएल) को ड्राफमा राख्नको लागि सिफारिस भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले पाँच जना नेपाली खेलाडीहरुलाई पिएसएलको ड्राफमा राख्नको लागि सिफारिस गरेको हो ।

क्यानले ड्राफमा राख्नको लागि तीव्र गतिका बलर करण केसी, अलराउन्डर पवन सर्राफ, स्पिनर ललितनारायण राजवंशी, ब्याट्सम्यान मोहमद आरिफ शेख र विकेटिकपर ब्याट्सम्यान विनोद भण्डारीको नाम सिफारिस गरेको हो।

क्यानकाले खेलाडीहरुको नाम पिएसएलको ड्राफ्टमा सामवेश गर्नको लागि आइसिसी अनुरोध गर्दै पत्र पठाइएको थियो।

आइसिसीले पाँचै जनाको नाम पाकिस्तान क्रिकेट बोर्डलाई पठाएको छ। तर पाँचै जनाको नाम ड्राफ्टमा पर्ने वा नपर्ने निश्चित भने छैन।

सन् २०२० को फेब्रुअरीमा पाकिस्तानमा हुने पिएसएलको ड्राफ भने नोभेम्बरमा हुनेछ ।

पिएसएलमा इस्लामावाद युनाइटेड, कराची किङ्ग्स, लाहोर क्वालन्डर्स, मुल्तान सुल्तान्स, पेशावर जल्मी र क्वेटा ग्लाडियर्टस गरी ५ वटा टिमहरु रहेका छन् ।

ड्राफ्टमा ५ वटै टिमले ले ३ जना प्लाटिनम, ३ जना डाइमन्ड, ३ जना गोल्ड, ५ जना सिल्भर र २ जना इमर्जिङ क्याटागोरीमा रहेका खेलाडी आबद्ध गर्नु पर्ने नियम रहेको छ ।

पिएसएलमा एक टिममा कम्तिमा १६ जनासम्म खेलाडीहरु रहन सक्ने व्यवस्था रहेको छ । जसमा ११ जना पाकिस्तानको र ५ जना बाहिरी खेलाडी राख्न पाईने व्यवस्था छ ।

हालसम्म नेपालका लेग स्पिनर सन्दीप लामिछानेले मात्रै पिएसएल खेलेका छन् । गत सिजनमा उनी लाहोरबाट खेलेका थिए ।